एकीकृत भूमि विधेयक ल्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति, गुठीसमेत समावेश हुने
काठमाडौं- सरकारले गुठीसमेत समावेश गरी भूमिसम्बधन्धी एकीकृत विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले सरकारले सो विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको जानकारी गराएका हुन्।
मंसिर ५ गते बसैको मन्त्रिपरिषद् बैठकले यस्तो सहमति दिएको हो।
पत्रकार सम्मेलनमा मन्त्री गोकुल बाँस्कोटाले भने, ‘गुठीसम्बन्धी व्यवस्था पनि समावेश हुने गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको हो। यसमा गुठीका प्रावधान समेत समावेश हुनेछन्।’
यसअघि सरकारले संसद्मा छुट्टै गुठी विधेयक दर्ता गरेपछि व्यापक विरोध भएको थियो। यसपछि सरकारले सो विधेयक फिर्ता गर्नुपरेको थियो।