Logo
२८ कार्तिक २०८१, बुधबार
(November 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्घाखाँची बस दुर्घटना अपडेट : १९ को मृत्यु, १८ घाइते

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ र घाइतेको सङ्ख्या १८ पुगेको छ । दुर्घटनामा १७ को घटनास्थलमै र २ को उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये एकको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र अर्का एकको चौराह अस्पताल बुटवलमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।

सन्धिखर्कबाट बुटबलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ घाइते भएका मध्ये भैरहवामा ७ को र ९ को बुटवलमा उपचार भइरहेको छ । उपचारपछि २ घर फर्किएका छन् ।

दुर्घटनामा सो नगरपालिका-७ डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, २२ वर्षीया माया पुरी, नाम नखुलेका ६ महिने बालक, सन्धिखर्क-७ डिहीडाँडाका ५४ वर्षीय बलराम भट्टराई, ८ वर्षीया मोनिका खड्का छन् । कपिलवस्तु चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची भूमिकास्थान नगरपालिका-९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको थियो ।

सन्धिखर्क नगरपाकिला-१० बस्ने छविलाल गैरे, गाडी चालक कपिलवस्तु जिल्ला अन्दाजी ३६ वषीर्य वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँची सितगङ्गा नगरपालिका-२ बस्ने सवारीधनी ३८ वर्षीय सन्तबहादुर बस्नेतको चौराहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

गुल्मी धुर्कोट गाउँपालिका-२ का सशस्त्र प्रहरी जवान राजकुमार महतको मात्र सनाखत भएको छ । मृत्यु हुने अन्य ८ को सनाखत हुन बाँकी रहेको र शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित मिति: Nov 28, 2019

प्रतिक्रिया दिनुहोस्