Logo
४ श्रावण २०८२, शनिबार
(November 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अस्पताल पुगेका देउवालाई चिकित्सकले प्रधानमन्त्रीसँग भेट्न दिइएन

शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराई रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुुझेपछि पत्रकारसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवा । तस्वीर : रोशन सापकोटा/रासस
शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराईरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुुझदै जादै नेपाली काँग्रेसका सभापति शेरबहादुुर देउवा । तस्बिर: रोशन सापकोटा,रासस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले मनमोहन सेन्टर महाराजगंज पुगी प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

धनकुटाबाट काठमाडौं आइ सिधै अस्पताल पुगढेका देउवाले चिकित्सकहरुमार्फत प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिए ।चिकित्सकहरुले कसैलाई पनि प्रधानमन्त्रीसंग भेटघाट गर्न दिएका छैनन् ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही दिन आइसियूमा राखेर उपचार गरिने चिकित्सकले आफूलाई बताएको देउवाले जानकारी दिएका छन् ।

देउवाले ओलीको स्वास्थ्यमा निरन्तर सुधार भएको र बाहिर हल्ला भएजस्तो अवस्था नरहेको जानकारी आफूलाई चिकित्सकहरुले दिएको संचारकर्मीसँग बताए ।

ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । बुधबार बिहान १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार मंगलबारको शल्यक्रियापछि प्रधानमन्त्रीलाई सघन उपचार कक्षमा चिकित्सकको निरत्नर निगरानीमा राखिएको छ ।

‘सम्माननीय ज्यूको स्वाथ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा रहेको व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

अचानक पेट दुखेपछि मंगलबार बिहान स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीमा एपेन्डिसाइटिस देखिएपछि तत्काल शल्यक्रिया गरिएको थियो।

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार बिहान शल्यक्रिया भएको हो ।

शल्यक्रियापछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि बुधबार बिहान भेन्टिलेटर हटाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 27, 2019

प्रतिक्रिया दिनुहोस्