Logo
४ माघ २०८१, शुक्रबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रलाई बाबुरामको चेतावनी : ‘तपाई सरकारमा बसिरहनु दुर्भाग्य’

सत्तारुढ दल समाजवादी पार्टीभित्र पार्टी सरकारमा बसिरहने वा छोड्ने विवाद उत्कर्षमा पुगेको छ। पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई तत्काल सरकार नछोडे दुर्भाग्य हुने चेतावनी दिएका छन् ।

स्रोतकाअनुसार आजमात्रैपनि बाबुरामले उपेन्द्रलाई फोन गरेर कडा चेतावनी दिएका हुन् । पार्टी सरकारमा बस्दा देशव्यापी रुपमा पार्टीविरुद्ध नकारात्मक सन्देश गएको बाबुरामको ठम्याई छ ।

हालै बसेको पार्टीको संघीय परिषद बैठक र केन्द्रिय कार्यसमिति बैठकमा अधिकांश नेताहरुले पार्टी सरकारबाट बाहिरिनुपर्ने अडान लिएका थिए । तर, उपेन्द्रले कसैको कुरा सुनेनन् । उनले पेलेरै भएपनि आफू सरकामरा रहिरहने निर्णय गरे ।

बाबुरामले उपेन्द्रमाथि ‘नैतिकता र ईमानदारिता’ दुवै गुमाएको आरोप लगाउँदै आएका छन् । उनले आजपनि यादवलाई भनेका थिए,‘तपाईले नैतिकता भन्ने कुरा सबै बिर्सिनुभयो । अब जति पार्टी सरकारमा बस्छ, त्यति नै ठूलो घाटा हुन्छ । पार्टीलाई ठूलो क्षति हुन्छ ।’

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्