Logo
४ बैशाख २०८१, मंगलबार
(November 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमाल आरोहण गर्न लाग्ने धरौटीमा छुट दिने सरकारीको तयारी

सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताएका छन्।

‘नेपाल भ्रमण वर्ष(२०२०’ को तयारीका विषयमा छलफल गर्न सोमबार काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरुको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरुको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताए।

उनले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। यी दुवै प्रस्ताव १० दिनभित्र मन्त्रिपरिषद बैठकबाट पारित गराउने प्रतिवद्धता मन्त्री भट्टराईले गरेका छन्।

केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भइरहेको उनले बताएका छन्। मन्त्री भट्टराईले मुलुकमा पर्यटक सहजरुपमा भित्र्याउन आवश्यक सबै खाले नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको पनि जानकारी दिए।

प्रकाशित मिति: Nov 25, 2019

प्रतिक्रिया दिनुहोस्