Logo
७ बैशाख २०८१, शुक्रबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन, अत्याधुनिक प्रबिधि मार्फत सम्पूर्ण सुबिधा

सौन्दर्यकर्मी दुर्गा श्रेष्ठ द्वारा संचालनमा ल्याइएको काठमाडौँको डल्लु अबस्थित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरको उद्घाटन बरिष्ट सौन्दर्यबिद सोनी काररंजित द्वारा सम्पन्न भएको छ ।

उक्त अबसरमा विभिन्न सौन्दर्यकर्मी, संचारकर्मी तथा स्थानिय व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । युवा ब्यबसायी तथा सौन्दर्यकर्मी दुर्गा श्रेष्ठद्वारा सञ्चालित रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टर अत्याधुनिक प्रबिधि मार्फत सौन्दर्य सम्बन्धि सम्पूर्ण सुबिधा सम्पन्न ब्युटी पार्लर हो ।

लामो समय देखि सौन्दर्य पेशामा रहेर सौन्दर्य क्षेत्रमा बटुलेको आफ्नो अनुभबलाइ स्वदेशमा नै केहि गरौ भन्ने उदेश्यका साथ संचालन गरिएको रोज बड पार्लर एण्ड ट्रेनीङ सेन्टरमा अनुभबी सौन्दर्यकर्मी मार्फत सेवा सुबिधा प्रदान गरिन्छ ।

आफ्ना ग्राहकहरुको सेवा सुबिधामा सदैब लागि पर्ने तथा सौन्दर्य क्षेत्रलाइ मर्यादित बनाउदै आगामी दिनमा अझ परिष्कृत गर्दै लैजाने कुरा सौन्दर्यबिद दुर्गा श्रेष्ठ बताउछिन ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्