Logo
४ माघ २०८१, शुक्रबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यात्राका लागि तराई उच्च जोखिममा, पहाड र हिमालको स्थिति मध्यम : एसओएस

यात्राका लागि नेपालको तराई क्षेत्र उच्च जोखिमको सूचीमा परेको छ । पहाड र हिमाली भाग मध्यम जोखिमको सूचीमा परेका छन् । यात्रा सुरक्षा सेवा सम्बन्धि अन्तर्राष्ट्रिय कम्पनि एसओएसले सन् २०२० मा यात्राका लागि सुरक्षित देशहरुबारे सार्वजनिक गरेको सूचीमा यात्रा जोखिमको अवस्थामा नेपालको तराई क्षेत्र उच्च जोखिमयुक्त देखाइएको छ ।

तराईमा पर्यटकीय महत्वका क्षेत्र मानिसएका चितवन, बुद्ध जन्मस्थल कपिलवस्तु र जनकपुरधाम पनि उच्च जोखिमयुक्त क्षेत्रको स्थानमा राखिएका छन् । पहाड र हिमाली क्षेत्र मध्ययम स्तरमा राखिएका छन् ।

राजनीतिक अवस्था र रोगको संक्रमण खतरा रहे नरहेको आधारमा अति कम जोखिम देखि अति जोखिम स्थान गरी पाँचवटा स्तर छुट्याइएको उल्लेख छ ।

तराईमा बेला बेलामा हुने राजनीतिक समस्या र डेंगु जस्ता सरुवा रोगको संक्रमणको विषयले उच्च जोखिममा राखिएको बुझिएको छ ।
नेपालले २०२० मा भ्रमण वर्ष मनाउन लाग्दा भ्रमण सुरक्षासम्बन्धित जानकारी प्रकाशन गर्दै आएको ट्राभल एसओएसले सँसारभर यात्रा जोखिमबारे अनुमान सार्वजनिक गरेको हो ।

यसले नेपालको पर्यटन क्षेत्रमा असर पर्ने देखिएको छ । अफ्रिकी मुलुकहरु अति जोखिमयुक्त मानिएको छ । ती देशहरुमा गृहयुद्ध र सरुवा रोगहरुका कारण जोखिम रहेको उल्लेख छ । यूरोपका डेनमार्क, ग्रिनल्यान्ड, आइसल्यान्ड, नर्वे, स्लोभेनिया, लक्जेमवर्ग र स्विटजरल्यान्ड अति कम जोखिमयुक्त देशको सूचीमा राखिएका छन् ।

कतिपय देशहरुमा मिश्रित जोखिम देखाइएको छ । ती देशहरुका भिन्न स्थानहरुमा भिन्न अवस्था रहेको उल्लेख छ । दक्षिण एशियाली देशहरुमा भुटान र मालदिभ्सलाई कम जोखिमयुक्त देशको सूचीमा राखिएको छ । भारत र पाकिस्तानको अवस्था मिश्रित छ । भारतको अधिकांश भागहरु मध्यम जोखिमयुक्त मानिएका छन् ।

विहान, झारखण्ड, आसामसहित पूर्वोत्तर राज्यहरु उच्च जोखिम मानिएका छन् । पाकिस्तानको पूर्वी भागहरु मध्यम जोखिमयुक्त मानिएका छन् । अफगानिस्तानसँग जोडिएका पश्चिमी भागहरु अति जोखिमयुक्त मानिएका छन् । भारत नियन्त्रित काश्मिरका अधिकांश भूभाग मध्यम जोखिमयुक्त मानिएका छन् । सिक्किम कम जोखिमयुक्त मानिएको छ ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्