Logo
८ माघ २०८१, मंगलबार
(November 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाडामा गर्लफ्रेन्ड पाईने एपलाई चीन सरकारले दियो मान्यता

मानिसहरुको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको छ ।

एपको नाम हायर मि प्लीज रहेको छ । एप अन्तर्गत मानिसहरुले एक दिनको लागि गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने छन् । एप चर्चित समेत भएको छ । एप विशेष गरि यूवकवर्गहरुलाई ठूलो शहरहरुमा सहयोग पु¥याउन बनाएको हो ।

प्रत्येक नयाँ वर्षमा नयाँ एप चर्चामा आउने गरेको छ । चीनको कुनै शहरबाट यस एपलाई चलाउन सकिन्छ । गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एपमा एक युआन देखि दुई हजार युआन सम्म रहेको छ ।

एपले व्यापार अत्याधिक गर्दै आएको एपका मालिकले जनाएका छन् । यस्तो प्रकारको एपले एक्लोपनलाई हटाउन समेत मद्दत गर्नेछ ।

यस एप मार्फत आफूले चाहे बमोजिम समय, पैसा तोकेर गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड एक दिन अथवा घण्टाको लागि प्राप्त गर्न सकिनेछ ।

प्रकाशित मिति: Nov 23, 2019

प्रतिक्रिया दिनुहोस्