Logo
१८ कार्तिक २०८१, आईतबार
(November 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनियुक्त मन्त्री गुरुङलाई बधाई दिन सिंहदरबार पुगे ४८ अनाथ बालबालिका

काठमाडौं : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेको भोलिपल्ट आज शुक्रबार दिउँसो आफूलाई बधाई दिन आएका करिव ४८ जना अनाथ बालबालिकासँग सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भेट गरेका छन् ।

भेटका अवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुको संरक्षणको जिम्मेवारी राज्यले लिने बताए । त्यसका लागि उनले बालबालिकासम्बन्धि ऐन, नियमको आवश्यक संशोधन तत्काल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । मन्त्री गुरुङले बालगृहको नाममा ठगी खानेहरुलाई भने सरकारले कार्वाही गर्ने पनि बताए ।

मन्त्री गुरुङले काठमाडांैको गोकर्ण्स्थित संयुक्त अपांग एकता आवाज केन्द्रको संरक्षणमा रहेका ती अनाथ बालबालिकाहरुलाई यसअघि पनि सांसदहरुको रुपमा खाद्यन्न तथा लत्ताकपडालगायतका वस्तुहरुको सहयोग गर्दै आएका थिए । उनले अनाथ टुहुरा बालबालिकाहरुको हितमा आफू केन्द्रित हुने पनि बताए ।

संस्थाका अध्यक्ष तीलबहादुर कार्कीले मन्त्री गुरुङले सांसदको रुपमा आफ्नो संरक्षणमा रहेका अनाथ बालबालिकाहरुप्रति विगतमा गर्दै आउनुभएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिन पनि थप सहयोगको अपेक्षा गरिएको बताए । त्यसअवसरमा मन्त्री गुरुङले अनाथ बालबालिकाहरुले आफूलाई बधाई दिएर बालबालिकाको हितमा काम गर्न झनै प्रोत्साहित गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

उनले बिहीबार पदभार ग्रहण गर्दै बालविवाह अन्त्यका लागि २ महिनाभित्र राष्ट्रिय कार्य योजना तय गरिसक्ने प्रस्ताव स्वीकृत गरेका थिए ।

प्रकाशित मिति: Nov 22, 2019

प्रतिक्रिया दिनुहोस्