Logo
२ माघ २०८१, बुधबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्रसँग प्रधानमन्त्रीको सम्पर्क नभएपछि मन्त्रिमण्डल पुनर्गठन सर्‍यो, भोलि गर्ने तयारी

नेकपाको सचिवालय बैठक लम्बिएपछि र अर्को सत्ताघटक समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवसंग प्रधानमन्त्री केपि शर्मा ओलीको बुधवार सम्पर्क हुननसकेपछि मन्त्रिमण्डलको पुनर्गठन स्थगित भएको छ ।

नेकपाको बैठकमा स्वास्थ्य मनत्रालयको कामकाजबारे धेरै प्रशन उठेपछि औपचारिक रुपमा सल्लाह गर्नका लागि प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवसंग संवाद गर्न चाहेका थिए तर उहाँसंग सम्पर्क हुन सकेन बैठकमा सहभागी एक नेताले भने ‘सत्ताघटक पार्टी भएकाले मन्त्रिमण्डलको पुनर्गठनबारे समान्य छलफल स्वाभिक नै हो तर उहाँसंग सम्पर्क हुन सकेन अब भोली मात्र मन्त्रिमण्डलको पुनर्गठनको कार्य अगाडी बढुछ।’

योसंगै मन्त्रिमण्डल पुनर्गठन आज नहुने भएको छ। नेकपा सचिवालय बैठकपछि बालुवाटारमा बसेका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बाहिरिएसँगै मन्त्रिमण्डल विस्तार आज नहुने भएको हो।

प्रधानमन्त्री ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन तयारी गरेका थिए। तर दुवै अध्यक्ष बुधबार साँझ याक एण्ड यति होटेलमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा जाने भएपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भोलिसम्मका लागि सरेको हो।

नेकपामा महासचिव विष्णु पौडेलले हेरफेर हुने मन्त्रीहरुको सुची तयार भइसकेको जनाउँदै अब दुवै अध्यक्षले त्यसलाई अन्तिम रुप दिने जानकारी दिए।

मन्त्रिपरिषद् हेरफेर हुने भएपछि बुधबार अधिकांश मन्त्रीहरु मन्त्रालय गएनन्। श्रम मन्त्री गोकर्ण विस्टसहितका केही मन्त्री मात्रै मन्त्रालयमा गएका थिए।

पाँचदेखि १० जना मन्त्री हेरफेरको तयारी भएको छ। तर बाहिरिने र भित्रिने मन्त्रीहरुको सूची अध्यक्षद्वयसँग मात्रै रहेको महासचिव पौडेलले जानकारी दिए।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्