Logo
१३ बैशाख २०८१, बिहीबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अतिक्रमणबारे चिनियाँ वक्तव्य प्रति नेपाल रिपब्लिक पार्टीको आपत्ती

नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतम

चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन् भनी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले हालै दिएको वक्तव्य प्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गरेको छ ।

नेपाल रिपब्लिक पार्टीले भनेको छ -‘चीनको यो षडयन्त्रबारे सतर्क हुन नेपाल रिपब्लिक पार्टी विश्वका समस्त बौद्ध धर्मावलम्बीहरु, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई समेत हार्दिक अपील गर्दछ ।’

कम्युनिष्ट चीन सरकारका तर्फबाट आएको यो भनाई कम्युनिष्ट चरित्र अनुरुप सत्यलाई ढाकछोप गरेर झूठको खेती गर्ने कलाविहिन नाटक बाहेक केही होइन ।

कालापानी बारे नेपाललाई जानकारी नै नदिई भारतसँग सम्झौता गरेर चीनले नेपालको सार्वभौम सत्तामाथि नांगो आक्रमण गरेको तथ्य सर्वविदित नै छ, प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ति : 

चीनले नेपालको भूमि अतिक्रमण गरेको छैन भनी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले हालै दिएको वक्तव्य प्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दछ ।

कम्युनिष्ट चीन सरकारका तर्फबाट आएको यो भनाई कम्युनिष्ट चरित्र अनुरुप सत्यलाई ढाकछोप गरेर झूठको खेती गर्ने कलाविहिन नाटक बाहेक केही होइन ।

कालापानी बारे नेपाललाई जानकारी नै नदिई भारतसँग सम्झौता गरेर चीनले नेपालको सार्वभौम सत्तामाथि नांगो आक्रमण गरेको तथ्य सर्वविदित नै छ ।

यो वस्तु तथ्यलाई नकार्ने आँट आफुलाई शक्ति राष्ट्र भनाउन चाहने चीनसँग नरहेको यथार्थ पनि उक्त वक्तव्यबाट स्पष्ट भएको छ ।

यस बाहेक चीनले नेपालको भूमि ११ ठाउँमा मिचेको र आधा दर्जन सीमा स्तम्भ उखेलेको आधिकारिक तथ्य समेत सार्वजनिक भैसकेको छ ।

एकातिर नेपालको सीमा मिच्दै र सार्वभौमसत्ता माथि आक्रमण गर्दै जाने र अर्कातिर नेपाली भूमि अतिक्रमण नगरेको वक्तव्यबाजी गर्ने चीनको दुष्प्रयास कायरता, अनैतिकता र कम्युनिष्ट अधिनायकवादी चरित्रको प्रमाण हो, जसले उसको ढोंगी र षडयन्त्रकारी चरित्र पुनः एक पटक प्रदर्शित गरेको छ ।

नेपाल रिपब्लिक पार्टी कम्युनिष्ट चीनलाई नेपाली सीमा छोडेर आफ्नो देशमा सीमित हुन चेतावनी दिन चाहन्छ । नेपालको भूमि र सार्वभौमसत्ता माथिको अतिक्रमण नेपाली जनतालाई कुनै पनि हालतमा सहय छैन र यसका लागि नेपालीहरु जुनसुकै मूल्य चुकाउन तयार हुनेछन् भन्ने चीनले जानि राख्नु उचित हुनेछ ।

यसै क्रममा, नेपालमा आफ्नो प्रभाव विस्तार गर्न बुद्धिजमलाई गलत रुपले प्रयोग गर्न लागि परेको चीनको दुस्साहसलाई नेपाल रिपब्लिक पार्टीले गम्भीरतापूर्वक हेरिरहेको पनि हामी स्पष्ट पार्न चाहन्छौं । आफूलाई कम्युनिष्ट भन्ने मुलुकले धर्म र बुद्धिजमको कुरा गर्नु जस्तो ढोंग केही हुन सक्दैन ।

आफ्नो देश भित्र जे गरे पनि नेपालमा चीनले बुद्धिजमका कुरा गर्न बन्द गर्नुपर्छ । चीनको छाया मात्रले बुद्धिजमलाई हानि सिवाय केही हुन सक्दैन । बुद्धिजमका नाममा लुम्बिनी वा उच्च पहाडी भेगमा चीनको चासो, प्रवेश र सहभागिता कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।

चीनको यो षडयन्त्रबारे सतर्क हुन नेपाल रिपब्लिक पार्टी विश्वका समस्त बौद्ध धर्मावलम्बीहरु, नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायलाई समेत हार्दिक अपील गर्दछ ।

जय नेपाल

सिद्धार्थ गौतम
प्रेसिडेन्ट

नेपाल रिपब्लिक पार्टी
मंसिर २, २०७६ (नोभेम्बर १८, २०१९)

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्