Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आजबाट सम्हाले औपचारिक जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त प्रेस सल्लाहकार सुर्य थापाले आजबाट औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् ।

शुक्रबार प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थापाले मंगलबार औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै सबै पक्षसँग समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका रुपमा कार्यरत डा.कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले नवनियुक्त थापालाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख समेत रहेका छन् ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्