प्रचण्ड पुत्र प्रकाशको दोस्रो स्मृति : ‘तिम्ले छोडेका जिम्मेवारी पुरा गर्ने कोशिस गर्दैछु बाबु’
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको दोस्रो स्मृति दिवसका अवसरमा दिप प्रज्वलनको तयारी गरिएको छ ।
युवा नेता तथा अध्यक्ष दाहालका स्वकीय सचिब रहेका प्रकाशको २०७४ साल मंसिर ३ गते हृदयघातका कारण निधन भएको थियो ।
पुत्र प्रसिद्धको जन्म दिनको दुई दिनपछि प्रकाशको स्मृति दिवस परेको हो । प्रकाशको स्मृतिमा दिदीहरु रेनु र गंगाले फेसबुकमा भावुक स्टाटस लेखेका छन् ।
रेनुले ‘दोस्रो स्मृती दिबस भाबपूर्ण श्रदान्जलि बाबु’ लेखेकी छन् भने गंगाले ‘बाबु कसरी लेखु तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिम्ले छोडेका जिम्मेवारी पुरा गर्ने कोशिस गर्दैछु बाबु’ लेखेकी छन् ।
सावित्री अधिकारीले लेखेकी छन्-‘सधैंभरि परिवारमा हजुरको अभाब खट्किरहेछ, भान्जाबाबु केबल सम्झना मात्र रहयौ, दोश्रो स्मृतिमा भाबपूर्ण श्रद्धाञ्जलि।।।
स्वर्गिय प्रकाशको अभावमा प्रचण्ड परिवार अहिले पनि तड्पिरहेको छ । छोराको निधनले आमा सीता दाहाल गम्भीर रोगको शिकार बन्न पुगेकी छिन् ।
प्रकाशले सम्हाल्दै आइरहेको जिम्मेवारी अहिले गंगाले सम्हाल्दै आइरहेकी छन् भने रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन् । त्यस्तै प्रकाशकी पत्नी विना मगर खानेपानी मन्त्री छिन् ।