Logo
६ बैशाख २०८१, बिहीबार
(November 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनिल साहको कुटपिट प्रकरणमा हरिनगराका ३ मेहता पक्राउ

कुटपिटको घटनामा जाहेरी दर्ता गर्न नमानेको विषयलाई लिएर पीडित पक्षको पत्रकार सम्मेलनपछि आरोपित मध्येका तीनजना पक्राउ परेका छन् । हरिनगर गाउँपालिका ४ का सुनिल साहमाथि भएको कुटपिटको घटनामा संलग्न भनिएका मध्ये शिवनारायण मेहता सहित गोविन्द मेहता र सन्तोष मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटनाको जाहेरी लिन नमानी मिलापत्रकालागि धमक्याउने गरेको भन्दै घाइते साहले इनरुवामा पत्रकार सम्मेलन गरि प्रहरीको रवैयाको विषय सार्वजनिक गरेका थिए । घटना लगत्तै अनुसन्धानकालागि पक्राउ गरि तारेकमा छाडेको प्रहरीले पत्रकार सम्मेलन लगत्तै जाहेरी दर्ताको प्रकृया अघि बढाएको थियो ।

दुई साता पछि पीडित पक्ष्यको जाहेरी दर्ता गरेको प्रहरीले अनुसन्धानकालागि तीनजनालाई नियन्त्रणमा लिइएको जनाएको छ । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी बिनोद शर्माले सो घटनाको मुद्दा दर्ता भएको बताउँदै घटनामा संलग्न भनिएका तीनजनालाई पक्राउ गरि अनुसन्धान थालिएको बताए । अन्यको हकमा समेत प्रहरीले अनुसन्धान थालेको उनले बताए ।

सूक्ष्म रुपमा अनुसन्धान गरिने बताएको सुनसरी प्रहरीले दोषि उपर कारवाहीको कसर बाँकी नराखिने जनाएको छ । छिमेकमा ठूलो साउण्डमा बजाइएको माईकको भोलुम घटाउने विषयमा विवाद पश्चात हरिनगर ४ का सुनिल साहमाथि कुटपिट भएको थियो । सो घटनामा सुनिल साह र सञ्जित साह घाइते भएका थिए ।

सुनिलको हात भाँचिएको छ भने उपचार गरि उनको हातमा स्टिल हालिएको छ । प्रहरीले पीडक पक्ष्यसँगको मिलेमतोमा अस्पतालबाट झुटो घाँ जाँचको रिपोर्ट बनाई घटनालाई सामान्य भन्दै मुद्दा नचल्ने जवाफ फर्काउदै पीडितलाई मिलापत्रकालागि दबाब दिएको थियो ।
उक्त घटनामा प्रजिअ राजेश गौतमले चासो लिएपछि भने वास्तविक रिपार्ट बाहिर आउनुकासाथै प्रहरीको मनपरी सार्वजनिक हुन पुगेको थियो ।

पीडीतले आफुहरुमाथि कुटपिट गरिएको भन्दै शिवनारायण मेहता, जोगेश्वर मेहता, गोविन्द मेहता, सन्तोष मेहता, अरविन्द मेहता, पवन मेहता, राजेश मेहता र मुकेश मेहता उपर कार्वाही गरिपाउँ भनि जाहेरी दिएका छन् ।

प्रकाशित मिति: Nov 14, 2019

प्रतिक्रिया दिनुहोस्