Logo
८ बैशाख २०८१, शनिबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई १० वर्षसम्मको जेल सजाय

भारत सरकारले ड्यूटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई १० वर्ष सम्म जेल सजाय हुने विधेयक तयार पारेको छ ।

नागरिकसँगको सुझाव पछि सो विधेयक संसदबाट पारित गरिने भारतका स्वास्थ्यमन्त्री हर्षवद्र्धधनले जानकारी दिएका छन् । मस्यौदा विधेयकलाई स्वास्थ्यमन्त्रीले स्विकृति दिई सकेका छन् ।

केहि समय पहिले भारतको पश्चिम बंगालमा उपचारको क्रममा एक जना बिरामीको मृत्यु भएपछि उनका आफन्तले उपचारमा संलग्न डाक्टरमाथि आक्रमण गरेपछि देशैभरका रेसिडेन्ट डाक्टरहरु आन्दोलनमा उत्रेका थिए ।

विधेयकमा क्लिनिकल प्रतिष्ठानमा डाक्टर एवं अन्य चिकित्साकर्मिलाई गम्भीर चोट पुर्याउनेलाई ३ देखि १० वर्षसम्मको जेल सजाय हुन सक्ने र दुईदेखि १० लाख रुपैयाँ जरिवाना पनि दिनु पर्ने हुन सक्ने व्यवस्था गरिएको छ ।

विधेयकमा हिंसा गर्ने वा अस्पतालको सम्पत्तिलाई नोक्सान पुर्याउनेलाई ६ महिनादेखि ५ वर्षसम्म जेल र ५० हजार रुपैयाँदेखि ५ लाख सम्म जरिवाना तिर्न सक्नुपर्ने पनि व्यवस्था गरिएको छ ।

विधेयकमा हिंसाको अर्थ कुनै प्रकारको चोट पुर्याउने, डराउने, धम्क्याउने, कुनै स्वास्थ्यकर्मीको कामको बेला अवरोध उत्पन्न गर्ने वा उनको ज्यान जोखिममा पार्ने उल्लेख गरिएको छ ।

विधेयकको मस्यौदा तयार पार्नका लागि स्वास्थ्य मन्त्रालयले आठ सदस्यीय उपसमिति गठन गरेको थियो ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्