Logo
८ माघ २०८१, मंगलबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बन्द सूचीमा नाम भेटिएपछि भक्तपुर र कास्कीमा ५ जनाको उम्मेदवारी बदर

काठमाडौँ : भक्तपुर र कास्कीका ५ जना उम्मेदवारको उम्मेदवारी बदर भएको छ । २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीबाट उनीहरुको नाम अझै नहटाएकाले उनीहरुको उम्मेदारी बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

‘पाँचै जनाको अघिल्लो निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा नाम रहेको पाइयो । आयोगको कम्प्युटर रेकर्डमा बन्द सूचीमा नाम भेटिएपछि उनीहरुको नाम बदर भएको हो,’ निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यसरी उम्मेदवारी बदर हुनेमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क)तर्फको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका आमुल परिवर्तन पार्टीका उम्मेदवार डिल्ली चौलागाई र राप्रपा संयुक्तका रामशरण लामिछाने रहेका छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्यतर्फ कास्की निर्वाचन क्षेत्र नम्बर -२ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गजेन्द्र सङ्बो लिम्वु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले तथा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जसवन्त बिक्रम शाहको उम्मेदवारी बदर भएको हो ।

लिम्बु, घले र शाहको पनि समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेकाले उनीहरुको उम्मेदवारी बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्