Logo
७ माघ २०८१, सोमबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राँगा गाडीले प्रचार गरेर मेयरमा पराजित प्रसाईं प्रदेश प्रमुख सिफारिस

स्थानीय तहको निर्वाचनमा प्रदेश १ स्थित झापाको मेचीनगर नगरपालिकाको मेयरमा उठेर पराजित बनेका विष्णु प्रसाईंलाई सत्तारुढ दल नेकपाले प्रदेश प्रमुख सिफारिस गरेको छ।

तत्कालिन नेकपा एमालेको तर्फबाट उनी मेयरका उम्मेद्वार थिए। उनी नेपाली कांग्रेसका बिमल आचार्यसँग पराजित भएका थिए।

त्यसअघि उनी जिल्ला विकास समिति झापाको उपाध्यक्ष थिए।

२०५४ सालमा नेकपा एमाले फुटेपछिको निर्वाचनमा उनी एमालेका तर्फबाट झापा क्षेत्र नं १ का लागि सांसदको उम्मेद्वार थिए।त्यो बेला पनि उनी पराजित भए।

गत स्थानीय तहको निर्वाचनका बेला उनले राँगा गाडीमाथि चढेर चुनाव प्रचार गरेका थिए।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्