Logo
४ श्रावण २०८२, शनिबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सातै प्रदेशका नयाँ गर्भनरहरु नियुक्ति गर्न सरकारले डाक्यो मन्त्रिपरिषद् बैठक

सरकारको सिफारिससंगै राष्ट्रपतिले सातै प्रदेशको  (गर्भनर) प्रदेशप्रमुख पदमुक्त गरेलगत्तै सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने तयारी थालेको छ । नयाँ प्रदेश प्रमुखको नियुक्तिका लागि छलफल गर्नका लागि सरकारले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक बिहान ११ः०० बजे बस्न लागेको हो। आइतबार बिहान पनि बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइराला र त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा धर्मकान्त बाँस्कोटालाई नियुक्ति गरेको थियो ।

लगत्तै सोही दिन साँझ बैठक बस्ने भनिएपनि आन्तरिक तयारी नपुगेका कारण आजसम्मका लागि बैठक स्थगन भएको बुझएको छ ।राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेको जानकारी गराइएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड ९ख० बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको जनाइएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ- ‘आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सरकार,मन्त्रिपरिषद्को मिति २०७६/७/१७ को निर्णयबाट सिफारिस भइ आए अनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखलाई पदमुक्त गर्नु भएको छ।’

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्