Logo
३ माघ २०८१, बिहीबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीपरिषद बैठकबाट उठेर प्रधानमन्त्री ओली अचानक पुगे शिक्षण अस्पताल

मन्त्रीपरिषद बैठकका लागि मन्त्रीहरुलाई बालुवाटारमा कुराएर प्रधानमन्त्री केपी शर्मा ओली एक्सरे गर्ने भन्दै केहीबेरका लागि महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

यसअघि नै दिनुपर्ने एउटा रिर्पोटका लागि प्रधानमन्त्रीलाई अस्पताल जानु परेको बताइएको हो । बालुवाटारमा आफूहरु अहिले प्रधानमन्त्री ओलीलाई कुरिरहेको त्यहाँ रहेका एक मन्त्रीले बताए ।

एक्सरे गरेर आएलगत्तै ओलीले पहिले मन्त्रीपरिषद बैठक सञ्चालन गर्ने त्यसपछि नेकपा सचिवालय बैठक डाक्ने र फेरी मन्त्रीपरिषद बैठकलाई निरन्तरता दिने ती मन्त्रीको भनाई छ ।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्