Logo
४ बैशाख २०८१, मंगलबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब डोल्पाको दुनैमा पनि नेपाल लाइफ इन्स्योरेन्सको शाखा

काठमाडौं :  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरेको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको उद्घाटन एक कार्यक्रमका बीच गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बिमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकोले जोखिम बहनको साथै बचतसमेत हुने बताए । देशव्यापी रुपमा जीवन बिमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पु¥याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आफ्नो सेवा पु¥याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बिमाको दायरामा ल्याउन सुझाए । अध्यक्ष चापागाईले बिमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बिमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे ।

नेपालका दुरदराजसम्म पनि सहज रुपमा बिमा सेवाको पहुँच पुर्याउन सकियोस् भनी डोल्पाको दुनैमा शाखा विस्तार गरिएको र नेपालभर नै सेवाको विस्तार गर्ने लक्ष्य नेपाल लाइफको रहेको प्रमुख कार्यकारी अधिकृत झाले जानकारी दिए ।

करिब एक तिहाई बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्ता पूँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रहेको छ भने लगानी ७७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बिमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २६ लाख ६३ हजार ९ सय ८१ व्यक्ति यस कम्पनीमा बिमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्