Logo
९ माघ २०८१, बुधबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आलमको समर्थनमा उत्रियो काँग्रेस, झुठ्ठा मुद्दामा फसाउन खोजेको लगाए आरोप

रौतहट : निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई नेपाली काँग्रेसका कार्यकर्ताले झुठ्ठा मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन् ।
पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोप खेपिरहेका निलम्बित सांसद आलमलाई अनुसन्धानका लागि अाज मात्र जिल्ला अदालत गौरबाट तेस्रो पटक ८ दिनका लागि म्याद थप गरिएको छ ।

साेहि क्रममा आलम पक्राउको विरोधमा काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार भोली बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले जानकारी दिए । गौतमले शुक्रबार बिहान निर्धारीत समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।

गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । यद्यपि, शुक्रबार हुने प्रदर्शन आलम निकट कार्यकर्ताको विशेष अनुरोधमा हुने भएको बताइएको छ । काँग्रेस जिल्ला सभापति कृष्ण यादवले विरोध प्रदर्शनका लागि पार्टीबाट औपचारिकरुपमा कुनै निर्णय नभएको बताए । उनले आफु भने अनौपचारिकरुपमा शान्तिपूर्ण सहभागिता जनाउने बताए ।

आलम अहिले प्रहरी हिरासतमा रहेका छन् । सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्