रौतहट बमकाण्ड : आलमलाई तेस्रोपटक ८ दिनका लागि म्याद थप
रौतहट बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले तेस्रो पटक ८ दिनको म्याद थप गतेको छ ।
पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।
उक्त घटनाको छानबिनका लागि प्रहरी हिरासतमा रहेका आलमलाई न्यायाधीश केशवराज पाण्डेको इजलासले आजदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरेको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए । आलमलाई अदालत ल्याउँदा सुरक्षा व्यवस्था कडा पारिएको थियोे ।
प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि गत कार्तिक ३ गते ५ दिनको म्याद थप गरिएको थियो । प्रहरी हिरासतमा रहेका आलमलाई सर्वोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।