Logo
७ माघ २०८१, सोमबार
(October 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सुरुङ मार्गको नि:शुल्क सर्भे गरिदिन तिब्बत सरकारसँग छलफल गरेको छु’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० दिने तिब्बत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।

तिब्बत भ्रमण सकेर स्वदेश फर्केका मुख्यमन्त्री शाहीले आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनको तिब्बतका विभिन्न प्रदेशहरुको भ्रमण फलदायी भएको बताएका हुन् ।

पत्रकारसँग कुरा गर्दै उनले तिब्बतका विभिन्न शहरमा भएको विकास पूर्वाधारसम्बन्धी भौतिक संरचनाहरुको अवलोकनबाट त्यहाँको पूर्वाधार एवम् विकास विश्वमै नमूनाको रुपमा रहेको पाइएको बताए ।

भ्रमणको क्रममा मैले विशेषगरी कर्णाली प्रदेशको राजधानी सुर्खेतको चक्रपथ र सुर्खेतदेखि बर्दियासम्मको सुरुङ मार्गको निःशुल्क सर्भे गरिदिन तिब्बत सरकारसँग छलफल गरे, मुख्यमन्त्री शाहीले भने, यो विषयमा त्यहाँको सरकार सकारात्मक छ । यस विषयमा वातावरण बनाएर सङ्घीय सरकारले अनुमति दिए त्यहाँको सरकारको लगानीमा चक्रपथ बनाउने भन्ने कुरा भएको उनले बताए ।

पूर्वाधारसम्बन्धी काम गर्दै आएको कम्पनीसँग छलफल गरेको जनाउँदै उनले त्यसले विकास गरेका विभिन्न भौतिक संरचना पनि हेरिएको बताए ।

समुन्द्रमाथि बनाइएको सबैभन्दा लामो सडक, समुन्द्रभित्र बनाइएको सुरुङ मार्ग, एकीकृत बस्ती विकासको ढाँचा पनि अवलोकन गरिएको बताए ।

तिब्बतको सिचुवान प्रान्तमा एकीकृत बस्ती विकासको अवलोकनले कर्णाली प्रदेश सरकारले लिएको एकीकृत बस्ती विकासको नीतिगत योजना निर्माणमा सहयोग पुग्ने विश्वास मिलेको छ, उनले भने, छिन्ताओको एकीकृत बस्ती विकासको मोडल कर्णालीमा सम्भव हुन सक्ने भएकाले सङ्घीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा बनाइदिन सक्छौँ भन्ने इच्छा त्यहाँका कम्पनीहरुले देखाएका छन् । प्रदेशले त सिधैँ सम्झौता गर्न नमिल्ने उनले बताए ।

प्रकाशित मिति: Oct 23, 2019

प्रतिक्रिया दिनुहोस्