Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा विद्यार्थीलाई चिट चोर्नबाट रोक्न अपनाइएको यस्तो काइदा

छिमकी मुलुक भारतको कर्नाटक राज्यस्थित हावेरी जिल्लामा रहेको भगन प्रि-युनिभर्सिटी कलेजले गरेको यस्तो अनौठो हर्कत सामाजिक सञ्जालमा भाइरल भएको छ । कलेजले आफ्ना विद्यार्थीलाई गरेको यस्तो व्यवहार जताततै भाइरल भएको हो ।

वास्तवमा कुरा के हो भने, कलेजले परीक्षामा विद्यार्थीले चिट नचोरुन् भनेर तिनको टाउको ढाकिने गरी कार्टुनको डब्बा लगाइदिएको थियो । सो फोटो अहिले समाजिक सञ्जालमा जताततै फैलिएकोे छ ।

मिडियामा आएको समाचार अनुसार यो निजी कलेजमा पछिल्लो वर्ष निक्कै परिक्षामा चोरी भएको थियो । परिक्षाका दौरान हाने नक्कललाई नियन्त्रण गर्न कलेज प्रशासनले यस पटक योे तरिका अपनाएको हो ।

यो घटनाको तस्विर मिडियामा बाहिरिएपछि राज्यको शिक्षा प्रशासन भने रुष्ट बनेको छ । कर्नाटक सरकार अन्तर्गतको शिक्षा विभागका डेपुटी डाइरेक्टर एसएस पिराजेले यस सम्बन्धमा कलेजसँग प्रश्न गरिएको जानकारी दिए । पिराजेले सन्तोजषजनक जवाफ नआएमा कलेजको मान्यता रद्द गरिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: Oct 20, 2019

प्रतिक्रिया दिनुहोस्