Logo
७ बैशाख २०८१, शुक्रबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिफा विश्वकप छनोट : अस्ट्रेलियासँग खेल्ने नेपाली फुटबल टोली घोषणा

काठमाडौं :  सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत आज नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाल अस्ट्रेलियासँग पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो ।

पूर्व एसियन च्याम्पियन रहिसकेको अस्ट्रेलिया फिफाको विश्व वरियतामा ४४ औं स्थानमा छ भने नेपाल १६१ औं स्थानमा छ । विश्वकप छनोटअन्तर्गत समूह ‘बी’मा रहेको नेपालले आगामी अक्टोबर १० (असोज २३ गते) अस्ट्रेलियासँग खेल्दै छ ।

समूह ‘बी’मा रहेको नेपालले अहिलेसम्म २ वटा खेल खेलिसकेको छ । पहिलो खेलमा कुवेतसँग ७-० गोल अन्तरले हार व्यहोरेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेविरुद्ध २-० को जीत निकालेको थियो ।

प्रशिक्षक योहान कालिनले घोषणा गरेको अस्ट्रेलियाविरुद्धको टोलीमा डिफेन्डर सुमन अर्याल र फरवार्ड नवयुग श्रेष्ठको पुनरागमन भएको छ । यसअघि चाइनिज ताइपेविरुद्धको खेलामा अर्याल र श्रेष्ठ टिममा थिएनन् । चाइनिज ताइपेविरुद्ध खेलेका रवि सिलवाल र विमल राना फेरि टिमबाट बाहिरिएका छन् ।

ताइपेविरुद्धको खेलमा जीत निकालेको नेपालले अंक तालिमकामा ३ अंक जोडेको छ । समूह ‘बी’को अंक तालिकामा २ खेलबाट ३ अंक जोडेको कुवेत पहिलो, १ खेलबाट ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो, १ खेलबाट ३ अंक जोडेको जोर्डन तेस्रो र २ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा छन् ।

चाइनिज ताइपे भने अंक तालिकाको पुछारमा छन् ।

नेपाली टोली :
गोलकिपर- किरण चेम्जोङ (कप्तान), विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर- सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर- सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड – विमल घर्तीमगर, नवयुग श्रेष्ठ, अभिषेक रिजाल

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्