Logo
११ बैशाख २०८१, मंगलबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको भाउ पुन: घट्यो

काठमाडौँ :  नेपाली बजारमा सुनचाँदीको भाउ घट्नेक्रम जारी छ । दसैँको पूर्वसन्ध्यामा छापावाला तथा तेजाबी सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य रु ६९ हजार २०० कायम भएको छ भने तेजाबी सुनको मूल्य रु ६८ हजार ९०० निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

सोमबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार र तेजावी सुन रु ६९ हजार ७०० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले घटेको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु ८२५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्