Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् : गुदपाक र पुस्टकारी खाँदा ध्यान दिनुपर्ने कुुराहरु

काठमाडौँ :  उपत्यकाको प्रसिद्ध मिठाइ भनेर गुदपाक र पुस्टकारीलाई मानिन्छ । कोसेली अर्थात मिठाइका रुपमा मीठो खानेकुरा लैजाने सोचका साथ धेरैको रोजाइ गुदपाक तथा पुस्टकारी बन्ने गर्दछ । गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् ।

यहाँका बासिन्दाले एकदम चावले खाने गर्छन् । अझ त्यतिमात्र नभएर आ- आफ्ना घर जाँदा परिवारका लागि कोसेलीका रुपमा पनि लैजाने गर्छन् । यही दशैंमा घर जानेले घर लैजाने कोशेलीको जोहो शुरु भएको छ ।

बजारमा पाइने सबै गुदपाक/ पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेका हुन्छन् ।

गुदपाक र पुस्टकारी खाँदा ध्यान दिनुपर्ने कुुराहरु

१. कतिपय पुस्टकारीमा रसायनसमेत मिसाएर बनाइएको हुन्छ भने गुदपाक पनि विभिन्न रङ हालेर बनाइएको हुन्छ । यस्ता रसायनयुक्त पदार्थ र खान मिल्ने रङ हालेर बनाइएको अखाद्य हुन्छन् ।

२. गुदपाकरपुस्टकारीमा अत्यधिक मात्रामा गुलियो हुनाले यसलाई स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । बच्चाले यस्ता गुलिया खानेकुरा धेरै रुचाउँछन् । खाएपछि राम्रोसँग कुल्ला नगरेमा त्यो दाँतमा अड्किन्छ ।

३. दाँतमा किरा लाग्ने, दाँत बिग्रने, मधुमेह, डायबिटिजजस्ता रोग निम्तिने हुन्छ । यी पदार्थ बालबालिकाले बढी खाएमा मोटोपना ल्याउँछ । त्यस्तै, मोटोपना भएका वयस्कलाई हृदयाघातको सम्भावना उच्च रहन्छ ।

४. गुदपाकरपुस्टकारीको सेवनले रगतमा चिनीको मात्रा बढी हुन्छ । फलस्वरूप मधुमेहसमेत हुन्छ ।

५. रगतमा ग्लुकोजको मात्रा तीव्र गतिमा बढ्ने भएकाले उच्च रक्तचाप हुने डर हुन्छ ।

६. रंगीन बनाउन प्रयोग गरिने विभिन्न रङले कलेजोमा समस्या हुन सक्छ ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्