Logo
१५ चैत्र २०८०, बिहीबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर अनिश्चतकालका लागि केही बैंकका एटिएम सेवा बन्द

काठमाडौँ समेत देशभरमा केहि केही बैंकका एटिएमहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । ह्याकरहरुका कारण केहि बैंकका एटिएमहरुमा समस्या भएपछि अनिश्चितकालका लागि एटिएमहरु बन्द गरिएको हो ।

नेपाल राष्ट्र बैंकले केही बैंकको एटिएम सिस्टममा खराबी आएको सूचना प्राप्त भएको जनाएको छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले केही बैंकका एटिएममा समस्या आएको जानकारी प्राप्त भएको तर राष्ट्र बैंकले सुरक्षाका लागि एटिएम बन्द गर्न निर्देशन भने नदिएको बताए ।

‘केही बैंकहरुको एटिएममा समस्या भएको सूचना आएको छ । समस्या भएकाहरुले बन्द गरेका हुन सक्छन् तर राष्ट्र बैंकले कसैलाई बन्द गर्न निर्देशन दिएको छैन’ निरौलाले भने ‘ह्याकरले एटिएम निशानामा पारेकोबारे छलफल भने भइरहेको छ ।’

काठमाडौँको दरबारमार्गस्थित एटिएमबाट नक्कली एटिएम कार्डको प्रयोग गरी रकम झिक्ने पाँचजना चिनियाँ नागरिक पक्राउ परिसकेका छन् । शनिबार साँझ बैंकको १ करोड २६ लाख रकम झिकेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरुले एटिएमको सिस्टम ह्याक गरी अर्काको खातामा रहेको पैसा निकाल्ने गरेका थिए । एटिएमबाट एकैपटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेका थिए । केही शंकास्पद गतिबिधि समेत देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको बुझिएको छ ।

यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्