Logo
१३ बैशाख २०८१, बिहीबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शोले फिल्मको कालिया अर्थात् अभिनेता विजु खोटेको निधन

मुम्बई :  भारतको सर्वाधिक चर्चा कमाएको फिल्म ‘सोले’ को पात्र कालिया अर्थात् अभिनेता विजु खोटेको निधन भएको छ । उक्त फिल्ममा गब्बर सिंहले बोलेकोे डाइलग ‘अब तेरा क्या होगा कालिया’ बाट चर्चा कमाएको कालियाले आज अन्तिम श्वास लिएका छन् ।

विजु खोटेको ७७ वर्षको उमेरमा सोमबार निधन भएको छ । सन् १९४१ मा मुम्बईमा जन्मेका खोटे केही समयदेखि अस्वस्थ रहेका थिए ।  उनको ‘मल्टिपल अर्गान फेलर’ का कारण आफ्नै घरमा बिहान ६ः५५ मा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अस्पतालमा मर्न नचाहेकाले उनलाई केही दिनअघि मात्र घर फर्काइएको थियो ।

सन् १९६४ देखि उनी बलिउडमा सक्रिय थिए । खोटेले सोलेबाहेक करिब ३ सय वटा हिन्दी र मराठी फिल्ममा अभिनय गरेका थिए ।

उनले ‘अन्दाज अपना अपना’ मा निभाएको ‘रोबर्ट’ को भूमिका पनि चर्चित छ । सो फिल्ममा उनले बोल्ने डाइलग ‘गल्ती से मिस्टेक हो गया’ लाई पनि निकै रुचाइएको थियो ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्