Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुल्ला सिमाबारे मुख्यमन्त्री राउतको अभिब्यक्ति अपरिपक्कताको पराकाष्टा : राजीव झा

राष्ट्रिय जनता पार्टीका महासचिव राजीव झाले प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतको अभिब्यक्ति अपरिपक्कताको पराकाष्टा भएको बताएका छन् । खुल्ला सिमाको सम्बन्धमा दिएको एक विवादित अभिब्यक्तिको खण्डन गर्दै झाले मुख्यमन्त्री राउतलाई आफ्नो अवस्थालाई नियालेर मात्र कुनै अभिब्यक्ति दिन आग्रह गरेका छन् ।

‘आफ्नो वास्तविक अवस्था के छ, समाजको बनोट कस्तो छ, त्यसको ख्याल गरेर मात्र बोल्दा ठिक हुने उनको सुझाव रहेको छ ।’ शनिबार जनकपुरधाममा सम्पन्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री राउतले दिएको उक्त विवादित अभिव्यक्ति दिएका थिए । राउतले सुरक्षा गोष्ठीमा भनेका थिए, “खुला सीमाको कारण सुरक्षा चुनौती छ ।’

यसबारे खुल्ला सिमा सम्वाद समूहका संयोजक समेत रहेका झाले भनेका छन् ‘के यो प्रदेशको प्रहरी तपाईंको नियन्त्रणमा छ ? सेना, कर्मचारी तपाईको नियन्त्रणमा छ ? प्रमुख जिल्ला अधिकारी या स्थानीय निकाय तपाईको नियन्त्रणमा छ ? तपाई साइकल बाटनुस र प्रदेशको बजेट चलाउनुस्, जानकी मन्दिर जस्तो ठाउँमा गुणस्तरहीन मार्बल लगाउन दिनुस् ।’

उनले खुला सीमाको कारण सुरक्षा चुनौती नरहेको दाबी गर्दै प्रहरी प्रशासनलाई अरु चुस्तदुरुस्त हुनु पर्ने सुझाव दिएका छन् । सीमामा सशस्त्र प्रहरी जनपथ प्रहरी अनुसन्धान प्रहरी लगायतको सुरक्षा निकायलाइ अतिरिक्त डिउटी गर्नुपर्ने उनको धारणा छ । प्रहरीले चाहे भने कुनै मन्दिर मस्जिदको अगाडिबाट एक थान चप्पलसमेत चोरी हुन नसक्ने दाबी गरेका हुन् ।

‘खुल्ला सीमाको कारण सुरक्षा चुनौती हुन्छ भने पाकिस्तान र भारतको सीमा खुला छैन तैपनि काश्मीरमा सुरक्षा चुनौती छ । पाकिस्तान र बंगलादेशको सीमा खुल्ला छैन तैपनि सुरक्षा चुनौती छ । अमेरिका जस्तो सम्पन्न देशको वल्र्डट्रेड सेन्टरमा आक्रमण हुन्छ । पाकिस्तान, अफगानिस्तान, इराकलगायत विश्वको अनेकौं देशमा दिनहुुँ आतंकवादी हमला हुन्छ । त्यो खुल्ला सीमाको कारणले भएको होइन ।’ उनले तर्क गरेका छन् ।

उनले भने, ‘नेपाल र भारतको नागरिकबीच सदियौंदेखिको वैवाहिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक सम्बन्ध, राजनैतिक सम्बन्ध, रामजानकीको सम्बन्ध, काशी विश्वनाथ र बाबा पशुपतिनाथको सम्बन्ध हिन्दु धर्मावलम्बीहरुको बाबाधामसँगको सम्बन्ध सबै खुला सीमाको कारण सम्भब भएको हो ।’

खुल्ला सिमा नभएको कारण नेपाल र चीनबीच यस्तो सम्बन्ध छैन । नेपाल र पाकिस्तान, नेपाल र बंगलादेश या भारत र पाकिस्तान, भारत र बंगलादेशबीच पनि बेटीरोटीको सम्बन्ध नरहेको बताए ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्