Logo
१३ बैशाख २०८१, बिहीबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंक चोरी अपडेट : ह्याकिङ भन्दा कर्मचारीकै मिलेमतोमा युजर र पासवर्ड दुरुपयोग

काठमाडौं : स्कृषि विकास बैंकको सिस्टमबाट अनधिकृतरुपमा रकम निकालिएको प्रकरणमा नेपाल राष्ट्र बैंक ह्याकिङ भन्दा कर्मचारीकै मिलेमतोमा युजर र पासवर्ड दुरुपयोग गरी उक्त काम भएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकबाट अनधिकृतरुपमा रकम निकालिएको प्रकरणमा त्यहीँका कर्मैचारीको संलग्न रहेको र ह्याकिङ भन्दा कर्मचारीकै मिलेमतोमा युजर र पासवर्ड दुरुपयोग गरेर ब्यालेन्स सिटमा गडबडी गरिएको निचोड निकालेको हो।

‘कृषि विकास बैंकबाट अनाधिकृत रकम निकाल्ने काममा त्यहाँका कर्मचारीकै संलग्नता देखियो’, राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘आन्तरिक गडबडी गरिएको छ। त्यहीँकाा कर्मचारीले पैसा आफ्नो खातामा सारेका छन्। यसमा राष्ट्र बैंकले केही गर्न मिल्दैन। पुलिसले पनि यो केश हेरिरहेको छ।’ रकम गडबडी गरिएको विषयमा कृषि विकासले राष्ट्र बैंकलाई जानकारी गराएको जनाउँदै ती अधिकारीले उक्त बैंकमा पहिलेबाटै कर्मचारीले बदमासी गरिरहेको उल्लेख गरे।

‘कृषि विकासमा पहिले बाटै कर्मचारीले युजर र पासवर्ड दुरुपयोग गरेर रकम अन्यत्र सारेको थाहा भएको छ’, ती अधिकारीले भने, ‘यो पटक आफ्नै कर्मचारी मिलेर तीन-चारवटा शाखामा पैसा सारिएको छ। उनीहरुले बैंकको सफ्टवेयर दुरुपयोग गरेका छन्।’

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्