Logo
६ बैशाख २०८१, बिहीबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबारबाट संशोधन भएको पत्रकार आचारसंहिता २०७६ जारी

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन-२०७६) सोमबार जारी भएको छ । प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन-२०७६) जारी भएको घोषणा गरेका हुन् ।

आमसञ्चार माध्यमलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला संघ, संगठन पत्रकारहरुसंग चरण चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको काउन्सिलले बताएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानून नरम बन्नसक्ने बताए ।

आचारसंहिताले पत्रकारको स्वनियमन तथा हाल अभ्यासमा रहेका सञ्चारका सबै माध्यमलाई समेटिएको धारणा राखे । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तिब्रत्तर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताए ।

उनले पत्रकारहरुकै कमीकमजोरीको कारण धेरै प्रकारका कानुन बनेको बताउदै सबै सञ्चारकर्मी मर्यादित बन्न जरुरी रहेको उल्लेख गरे ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्