Logo
११ बैशाख २०८१, मंगलबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोलि संविधान दिवस परेकोले आज संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले बिहीबार संसदमा गर्न लागेको सम्बोधन स्थगित भएको छ ।

भोलि (शुक्रबार) संविधान दिवस परेकोले त्यो दिन पनि केही बोल्नुपर्ने भएकाले बिहीबारको सम्बोधन रोकिएको प्रधानमन्त्री निकट स्रोत बताएको छ ।

संसद अधिवेशन अन्त्य हुने भएकाले बिहीबार दुवै सदनमा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । दिउँसो साढे २ बजे प्रतिनिधि सभा र त्यसपछि राष्ट्रिय सभामा सम्बोधन गर्ने भनिएको थियो ।

प्रधानमन्त्रीले ओलीले शुक्रबार टुँडिखेलमा आयोजना हुने संविधान दिवसको मुल राष्ट्रिय कार्यक्रममा सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्