Logo
१२ बैशाख २०८१, बुधबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् कस्तो अवस्थामा परहेज गर्नुपर्छ सोयाबीन ?

सोयाबीनलाई आजकाल युवापुस्ताले आफ्नो मसल्स् बनाउन तथा तौल क मगर्न आफ्नो डाइट प्लानमा सामेल गर्छन् । मसल्स बनाउन र तौल कम गर्ने डाइट प्लानमा मानिसहरुले सोयाबीनलाई प्रोटिन सप्लिमेन्टको रुपमा खानामा दैनिक खाने पनि गर्छन् ।

सोयाबीनमा दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन पाइन्छ । यसलाई शाकाहरी मासु पनि भन्ने गरिन्छ । तर एमिनो एसिड, क्याल्सियम र फाइबरले भरपुर सोयाबीन थुप्रैका लागि हानिकारक पनि हुनसक्छ । हाइपरटेन्शनदेखि मृगौलासम्मको रोगलाई यसले थप वृद्धि गर्नसक्छ ।

भारतकी डाइटिशियन एवं न्यूट्रिशियन एक्सपर्ट ज्योती शर्माका अनुसार सोयाबीनबाट हुने एलर्जी गहुँका उत्पादन (ग्लूटेनको एलर्जी) बाट हुने एलर्जीको तुलनामा धेरै हुन्छ । केही रोग भएका व्यक्तिले यसको सेवन गरे थप समस्या निम्त्याउन सक्छ ।

जान्नुहोस् यी ४ रोगीहरुलार्ई खान हुन्न सोयाबीन :

१. मुटु रोग :

यदि तपाईंलाई कुनै प्रकारको मुटु रोग छ भने सोयाबीन नखानुहोस् । अनुसन्धानका अनुसार यसमा ट्रान्स फ्याट कम हुन्छ जुन मुटुका लागि राम्रो मानिँदैन । यसले हाइपरटेन्सन बढाउने काम पनि गर्दछ ।

२. गर्भवती महिला :

डा. शर्माका अनुसार सोयाबीनमा एमिनो एसिड हुन्छ जसले शिशुको विकास रोक्ने काम गर्दछ । त्यसकारण गर्भवती महिलाले यसको सेवन गर्नुहुँदैन ।

३.  मृगौलाको समस्या हुँदा :

मृगौलाको काम प्रोटिनलाई फिल्टर गर्नु पनि हो र सोयाबीनमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा जुन व्यक्तिलाई मृगौलासम्बन्धि रोग छ उनीहरुले सोयाबीन निकै कम मात्रामा खानुपर्छ ।

४. थाइराइडका बिरामी :

सोयाबीनमा पाइने केही एमिनो एसिडले हर्मोनलाई प्रभावित गर्दछ । सोयाबीन थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई कम वा वृद्धि गर्छ । यसले थाइराइडलाई बढाउने गर्दछ । त्यसकारण थाइराइडका बिरामीले सोयाबीनबाट टाढै रहनुपर्छ ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्