Logo
१३ बैशाख २०८१, बिहीबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस तेलुगु सुपरस्टारसँग जोडीमा देखिने भइन् परमिता

काठमाडौं :  नेपाली नायिका परमिता आरएल राणाले तेलुगु फिल्ममा अभिनय गर्ने भएकी छिन् । उनले तेलुगु फिल्म उद्योगका सुपरस्टार भनेर चिनिने गोपीचन्दसँग अभिनय गर्ने भएकी हुन् ।

फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताले नेपाली फिल्म उद्योग बाहिर कदम राख्ने भएकी छिन् । तेलुगु सुपरस्टार गोपीचन्दसँग उनको जोडी देखिने छ । तर उक्त फिल्मको नाम भने अझै तय भइसकेको छैन ।

पहिलोपटक तेलुगु फिल्ममा अभिनय गर्न पाउँदा आफू निकै उत्साहित भएको परमिताले बताएकी छिन् । सामाजिक सञ्जालमा उनले एक लामो स्टाटस लेख्दै आफू निकै उत्साहित भएको बताइन् । साथै उनले फिल्म टिमसँगका केही तस्वीर समेत शेयर गरेकी छिन् ।

फिल्म ‘चपली हाइट २’ बाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेकी परमिताको पछिल्लो अभिनित फिल्म ‘चंगाचेट’ गतवर्ष रिलिज भएको थियो । परमिताका नेपाली फिल्म भने व्यावसायिक रुपमा खासै सफल नहरेको देखिन्छ ।

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्