Logo
१५ चैत्र २०८०, बिहीबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्कामा भदैया धान उत्पादन गर्ने किसान : ‘व्यापारीले मूल्य दिँदैनन्, खाद्य संस्थानले किन्दैन’

प्रदेश २ स्थित बारा/पर्साका किसानहरुले उत्पादन गरेको भदैया धानको लागत मूल्य समेत पाउन नसकेको बताएका छन् ।

व्यापारीहरुले भदैया धानको मूल्य मनोमानी तरिकाले तोकेपछि आफूहरु मार्कामा परेको उनिहरुको भनाई रहेको छ ।

किसानहरुले परिश्रम गरेर उत्पादन गरेको भदैया धान बिक्री गर्ने बेलामा व्यापारीहरुले कम मूल्य तोकपछि घाटामा परेको उनीहरुको भनाई छ ।

भदैया धान चाडै सड्ने र अगहनी धान रोपाई गर्नको लागि पैसा चाहिने भएकाले किसानहरुले बाध्य भएर व्यापारीहरुले लगाएको मूल्यमै बिक्री गर्नुपरेको उनको भनाई छ ।

नगदे बालीको रुपमा परिचित भदैया धान किसानहरुले बिक्री गर्ने बेलामा न्यून मूल्य पाईरहेकोले यसमा सरकारले नै ध्यान पुर्याउनु पर्ने किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदीले बताए ।

भदैया धान अहिले १५ देखि १८ रुपैयाँ प्रतिकेजी बिक्री गर्नु्परिरहेको छ । यसबाट आफूहरुको परिश्रम त परै जाओस् लागत समेत नउठेको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौता टोलका किसान समिन गदीले बताए ।

आफूले यस वर्ष उत्पादन गरेको भदैया धान बिक्री गर्दा निक्कै कम मूल्य पाएको अर्का किसान होमनाथ दाहालले बताए ।

‘किसानहरुले भदैया धान बिक्री गर्न हतार गर्छन् त्यसैले व्यापारीहरुले पनि मनोमानी गर्ने मौका पाएका छन, दाहालले भने ’किसानहरुले रु १५ देखि १८ रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको भदैया धानले बनेको चिउरा भने अहिले बजारमा प्रतिकिलो ५० देखि ६० रुपैयाँमा बिक्री हुँदै आएको छ ।

उता, प्रायः अरु धान खरिद गर्ने गरेको नेपाल खाद्य संस्थानले पनि किसानहरुले नगदे बालीका रुपमा उत्पादन गरेको भदैया धान भने खरिन गर्दैन ।

किसानहले उत्पादन गरेको भदैया धान खरिद नगर्ने गरेको नेपाल खाध संस्थान वीरगञ्जका प्रमुख अम्बिका घिमिरेले बताए । उनले मंसिरमा हुने अगहनी धान मात्रै संस्थानले खरिद गर्दै आएको बताए ।

 

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्