Logo
१५ चैत्र २०८०, बिहीबार
(August 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा डेंगुको जोखिम बढ्यो, चिकित्सकलाई पनि संक्रमण

पोखरा : पोखरामा डेंगुको जोखिम बढ्दो क्रममा छ। अहिले पोखरामा करिब ५०० जनालाई डेंगुको संक्रमण भएको भेटिएको हो । पोखरामा कार्यरत ट्राफिक प्रहरी र डेंगुको विरामीको उपचारमा संलग्न चिकित्सकलाई नै डेंगुको संक्रमण भएको पाइएको छ।

पोखरा महानगरको ८ र ९ नम्बर वडामा जोखिमकै रुपमा डेंगु देखिएको चिकित्सकहरुले जनाएका छन् । ‘महानगरको ८, ९ वडा क्षेत्रमा खटिएका ट्राफिकमा पनि डेंगुको संक्रमण भएछ,’ ट्राफिक प्रहरी कार्यालय पोखराका प्रमुख मुरारी मिश्रले भने, ‘यसको भाइरल संक्रमण भएका ट्राफिकहरुको पोखराका विभिन्न अस्पताल र नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।’ उनको अनुसार अन्य ५ ट्राफिकमा पनि डेंगुकै लक्षण देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका यम बरालका अनुसार उपचारमा संलग्न चिकित्सकहरुलाई पनि डेंगुको संक्रमण देखिएको छ। पोखरा महानगरको ८ र ९ नम्बर वडा सबैभन्दा बढि डेंगुको जोखिम भएपनि २७ वटा वडामा यसको संक्रमण देखिएको छ।

प्रकाशित मिति: Aug 31, 2019

प्रतिक्रिया दिनुहोस्