Logo
७ बैशाख २०८१, शुक्रबार
(August 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसिया रोजगारी खुलाउने प्रक्रिया अन्तिम चरणमा, प्राविधिक कमिटीको बैठक भदौ अन्तिम साता

काठमाडौं : लामो समयदेखि बन्द रहेको नेपाली कामदारको प्रमुख गन्तव्यको रुपमा रहेको मलेसिया रोजगारी अब छिट्टै खुल्ने भएको छ ।
मलेसिया रोजगारी खुलाउने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेपाल र मलेसियाका प्राविधिक समितिबीच भदौ २४-२५ गते बैठक बस्ने निर्णय भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार नेपाल र मलेसियाबीच संयुक्त बैठकपश्चात रोजगारी खुल्नेछ । दुवै देशले आवश्यक प्रक्रिया पूरा गरिसकेकाले लामो समयदेखि बन्द मलेसिया रोजगारी छिट्टै खुल्ने भएको हो ।

मलेसिया जाने कामदारमाथि आर्थिक शोषण भएको भन्दै सरकारले मलेसिया रोजगारी बन्द गरेको थियो ।नेपाल र मलेसियाबीच कात्तिक १२ गते श्रम सम्झौता भएको थियो। सम्झौताकै दिन संयुक्त प्राविधिक समितिको बैठक बसे पनि त्यसपछि बस्न सकेको छैन ।

मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्डअनुसार मन्त्रालयले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न एक सय २२ वटा स्वास्थ्य संस्था छनोट गरेको छ । उक्त सूची सरकारले साउन २१ मा मलेसिया पठाएको थियो । स्वास्थ्य परीक्षणमै कुरो नमिल्दा सम्झौता भएको १० महिना बितिसक्दा पनि कामदार मलेसिया जाने बाटो बन्द भएको हो ।

प्रकाशित मिति: Aug 29, 2019

प्रतिक्रिया दिनुहोस्