Logo
१३ बैशाख २०८१, बिहीबार
(August 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लप्पन छप्पनको सिक्वेल बन्दै : एकै फ्रेममा सजिए ४ कलाकार

यतिबेला युरोपका विभिन्न स्थानमा  चलचित्र ‘लप्पन छप्पन २’ को छायांकन भइरहेको छ । खासै सफल बन्न नसकेको चलचित्र ‘लप्पन छप्पन’ , यसको सिक्वेलमा एकसाएक अव्वल कलाकार भएका कारण यस चलचित्रको यति धेरै चर्चा भएकोे छ ।

अभिनेता दयाहाङ राई, अर्पण थापा, सौगात मल्ल र अनुपविक्रम शाहीलाई एकै फ्रेममा कैद गरेर एक तस्वीर सार्वजनिक गरिएको छ । उक्त तस्वीरमा चारैजना हिरोलाई आ-आफ्नै लूकमा देख्न सकिन्छ । यस फिल्ममा शीर्ष भूमिकामा सौगात मल्ल रहेका छन् । उनको लूक पहिलेको भन्दा केही फरक देखिएको छ । उनले ठूलो कपाल पालेका छन् । यस्तै अनुपविक्रम शाहीलाई पनि फरक भूमिकामा देख्न सकिन्छ ।

मुकुन्द भट्टले निर्देशन गरिरहेको यो फिल्ममा यी अभिनेताका अलावा सुरविना कार्की, नम्रता श्रेष्ठ लगायतका कलाकारको समेत अभिनय रहनेछ । पुरुषोत्तम प्रधानले छायांकन गरिरहेको यो फिल्म युरोप तथा अस्ट्रेलिया समेत छायांकन गरिनेछ । फागुन ९ गतेदेखि प्रदर्शनमा आउने भनिएको यो फिल्म सस्पेन्स एक्सन जनरामा निर्माण हुनेछ ।

प्रकाशित मिति: Aug 14, 2019

प्रतिक्रिया दिनुहोस्