Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकिकरणको ‘प्रोपगाण्डा’ पार्टीलाई ध्वस्त बनाउने षड्यन्त्र : राजपा संयोजक यादव

काठमान्डौ : राष्ट्रिय जनता पार्टी नेपालका संयोजक राजकिशोर यादवले उपेन्द्र यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीसंग एकिकरणको कुरा बाहिर आए जस्तो नभएको स्पष्ट पारेका छन्।

राजधानीमा मधेशी पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजा संयोजक यादवले एकिकरणको हल्ला राजपालाइ समाप्त पार्ने षड्यन्त्र रहेको आरोप लगाएका छन्।

समाजवादी पार्टीसंगको एकीकरणको काम अन्तिम चरणमा पुगेको र नयाँ बन्ने पार्टीको नाम, चुनाव चिन्ह, झण्डा र सांगठनिक संरचना समेत तय भई सकेको र अबको केहि दिनमा यसको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको कुरा विभिन्न संचार माध्यममा सार्वजनिक भई रहेको बेला पार्टीका संयोजकको जिम्मेवारी समेत रहेका राजकिशोर यादवले यो प्रोपगाण्डा मात्र रहेको र यसमा कुनै सत्यता नरहेको बताए।

आफ्नै पार्टी भित्रका केहि नेताहरु उपेन्द्र यादवको ग्रयाण्ड डिजायनमा फंसेको बताउंदै राजकिशोर यादवले यस्ता हल्लाले पार्टीलाइ कमजोर बनाउदै गएको र नेता कार्यकर्तामा निराशा मात्र बढी रहेको बताए।

‘एक-दुई जना अध्यक्षले व्यक्तिगत स्वार्थलाई केन्द्रित गरि कुरा गर्दैमा र समाचार लेखाउदैमा एकीकरण हुँदैनू राजपा संयोजक यादवले भने यदि कसैलाई लागेको छ कि राजपा पार्टीलाई समाप्त गरेर अर्को पार्टीबाट राजनीति गरौला भने त्यो उहाँहरुको भ्रम मात्रै हो।’

उनले थपे-‘राजपा पार्टी त रहन्छ तर कसैलाई पार्टी छोडेर अर्को पार्टीमा जान धेरै इच्छा छ भने हामीले रोक्नेवाला छैनौ।’ के तपाई एकिकरणको विरोधी हो भन्ने प्रश्नमा राजकिशोर यादवले ६ पार्टीलाई मिलाएर बनेको राजपामा मेरो भूमिका हेरेर तपाईलाई लाग्छ म एकिकरणको बिरोधि हुन सक्छु भन्ने प्रतिप्रश्न गरे।

अध्यक्ष यादवले भने( एकीकरण बिचार मिल्ने, नीति र सिद्धान्त मिल्नेसंग हुन्छ। एकीकरण सम्मानजनक ढंगले हुन्छ। हचुवाको भरमा र कोठे बैठक गर्दैमा एकीकरण नहुने उनले ठोकुवा गरे।

राजकिशोर यादवले भने-अहिले हाम्रो सम्पूर्ण ध्यान, सम्पूर्ण ऊर्जा सम्पूर्ण शक्ति र सम्पूर्ण पार्टी पंक्ति महाधिवेशन केन्द्रित भई सकेको छ। पहिले हामि आफ्नो घरलाई मजबुत बनाउछौ, त्यस पछि मात्र अरु विषयमा जाने बताए।

प्रकाशित मिति: Aug 11, 2019

प्रतिक्रिया दिनुहोस्