Logo
१३ बैशाख २०८१, बिहीबार
(August 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रको अवाज रवीराज: ‘नेपाल लोक स्टार’ मा गलबन्दी गीत गाएर साह बने ‘प्रोफर्मस अफ द डे’ (भिडियो)

मधेशी मूलका नेपाली यूवा रवीराज साहले ‘नेपाल लोक स्टार’ मा गलबन्दी बोलको ‘ठेट’ लोकगीत गाएर आफूलाई ‘राष्ट्रको अवाज रवीराज’को रुपमा सावित गरेका छन् ।

उनले जुनैपनि कठिन गीतपनि गाउन सक्षम छन् भने आफूलाई स्थापित गरेको र रवी रियल गायक सावित भएको उक्त कार्यक्रमका जर्जहरुले प्रतिकृया दिएका छन् ।

गत बिहिबार प्रसारित पछिल्लो एपिसोडमा सुष्मा झासंग गलबन्दी गीत गाएर रवीराजले ‘प्रोफर्मस अफ द डे’ को उपाधी समेत हासिल गरेका छन् ।

यो गीतसंगै रविराज र सुष्मा झा सेफ जोनमा परेका छन् । साथै रवीराज र सुष्मा झा उत्कृष्ट १६ अर्थात आपसेआप ‘सेफ जोनमा’ परेका छन् ।

टप १६ छनोट एपिसोडमा मधेशी मूलका नेपाली यूवा रविराज शाहले सबै भन्दा उतकृष्ट प्रोफोमेन्स गर्दै ‘बेष्ट पर्फर्मरस ऑफ द डे’ हुन सफल भएका छन् । साहले यस एपिसोडमा चर्चित नेपाली गीत ‘गलबन्दी’ गएका थिए ।

यसबारे साहले आफु तराईमा जन्मेको एउटा मधेशीको छोरो भएर पनि आफुलाई नेपाली भएकोमा एकदमै गर्भ लागेको बताए । उनले आइएमई नेपाल लोक स्टारको मंचले आफूलाई मधेशबाट पहाड र हिमालसम्ममा पहिचान दिलाएकोमा खुशी ब्यक्त गरे ।

यस एपिसोडमार्फत १० जना डेन्जर जोन र १० जना सेफ जोनमा परेका प्रतिष्पर्धीहरु मध्ये साह सबै भन्दा उत्कृष्ट प्रफोमेन्स गरेर सिधै सेफ जोनमा पर्न सफल भएका छन् । साह मधेशी मूलका भएर पनि वाग्लुङ्गको लोक गीतलाई निकै तिखो त्वरबाट प्रस्तूती गरेर सबै जर्जहरुबाट खुलेरै प्रशंसा पाएका हुन् ।

साह अहिले सेफ जोनमा भएकोले तत्काल उनलाई भोट आवश्यक न भएपनि आगामी एपिसोडहरुमा उनले आफूलाई भोटिङ्ग गर्न आग्रह समेत गरेका छन् । मधेशी मूलका रविराज साह प्रदेश २ स्थित सर्लाहीका हुन् । यो शो नेपालकै सर्वार्धिक पुरस्कार राशी भएको रियालिटी शो हो । यस रियालिटी शो को बिजेता ले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमणको प्याकेज पाउने छन् ।

रविराज साहलाई भोटिङ्ग गर्ने तरिका निम्न बमोजिम रहेको छ :
नेपालका लागि : Type L(space) 01
Send to 37000 OR Dial from landline : 166677 Enter voting code : 01

भारतका लागि : Type L(space) 01 Send to 53010

कतारका लागि : Type L(space) 01 Send to 92300

साथै IME PAY APP बाट पनि भोट गर्न सकिन्छ ।

प्रकाशित मिति: Aug 2, 2019

प्रतिक्रिया दिनुहोस्