Logo
१५ चैत्र २०८०, बिहीबार
(July 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘नेपाल लोक स्टार’ मा रविराज साहको लोकप्रियता बड्दो : ‘सबै भाषाको गायनमा उतिकै दखल’ (भिडियो)

नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार’ मा मधेशी मूलका नेपाली यूवा रविराज साहको लोकप्रियता दिनानदुन बड्दो क्रममा रहेको छ ।

मैथली लोक गीत गाएर उक्त शोमा प्रवेश गरेका साह अहिले भने जुनैपनि भाषाको जुनैपनि कठिन गीतमा उतिकै दखल राख्न सफल देखिएका छन् ।

मधेशी मूलका साहले निकै पुरानो तर पश्चिमेली नेपाली लोकगीत ‘टुङना को धुन मा’ भन्ने बोलको गीत गाएर आफ्नो दखलतालाई थप उचाईमा पु¥याएका छन् ।

कार्यक्रमका जजहरुले रवी साहको निकै तारिफ गर्नेगरेका छन् ।

‘रवी मधेशी ठिटो भएरपनि नेपालको सबै भेगका लोकगीत गायनमा उनको निकै दखलता रहेको पाइएको छ’ एकजना उक्त शो का एक जना जर्जले भने -‘रवी नयाँ उदितनारायण झा हुन् उनले सावित गरेका छन् की कुनैपनि भाषा वा भेगका गीत गाउनु उनका लागि समान्य कुरा हो ।’

७ प्रदेशमा प्रादेशिक तथा काठमाडौंमा निर्णायक ‘जज’ अडिसन सम्पन्न भएपछि भएको मेगा अडिसनमार्फत उनी छनोट भएका हुन् ।

नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।

प्रदेश २ स्थित सर्लाहीको चन्द्रनगर गाउँपालिका–४, पोखरिया निवासी २६ वर्षीय साहले जनकपुरमा भएको प्रदेश नम्बर २ को अडिसनमा मैथिली पहिरनमा “ कवना नगरीया मोरा सैयाँजी के डेरा” बोलको गीत गाएर छनोट भएका थिए ।

काठमाडौंमा भएको मेगा अडिसनमा दौरा सुरुवाल तथा ढाका टोपीमा सज्जिएका साहले “गोर गोर देहिया ओपर धनि रङ चुनरिया‘” बोलको भोजपुरी गीत गाएका थिए ।

बच्चैदेखि संगीतमा रुचि राख्ने साहले गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ पुरा गरेका हुन् ।

हाल उनी भारतको मुम्बइस्थित भारतीय विद्यापीठमा शास्त्रीय संगीतका विद्यार्थी हुन् उनी रेडियो नेपालबाट स्वर परिक्षा समेत पास गरिससकेका छन् ।

नेपाल लोक स्टार हरेक विहीबार तथा शुक्रबार राति ८ : ३० बजे एपी वान टेलिभिजन तथा नेपाल लोक स्टार यूट्यूब च्यानलमार्फत प्रशारण हुने गर्दछ ।

नेपाल भारत र कतारबाट भोटिङ्ग गर्न सकिने

अहिलेसम्म शोका जर्जहरुले छनोट गरेपनि अब भने दर्शकको भोटिङ्ग मार्फत प्रतिष्पर्धीहरु छानिनेछन् ।

रवीको कोर्ड नम्बर १ रहेको छ । भोटिङ्गका लागि रविराजलाई भने निम्न अनुसार भोटिङ्ग गर्न सकिनेछ ।

हेर्नुस् भिडियोहरु :

प्रकाशित मिति: Jul 31, 2019

प्रतिक्रिया दिनुहोस्