Logo
२६ भाद्र २०८१, बुधबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरी मौलायो सुन तस्कर : तिब्बतबाट सुन ल्याउन खच्चडको प्रयोग

गोरखा : गोरखामा तिब्बतबाट खच्चडको प्रयोग गरि ल्याएको १६ केजी सुन ओढारभित्र लुकाएको अवस्थामा भेटिएको छ ।

धार्चे गाउँपालिका(३ को र्लाबेंसी ओढारमा लुकाइरहेको अवस्थामा उक्त सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । बरामद भएको सुन चिनियाँ नाका हुँदै नेपालतर्फ भित्र्याइएको प्रारम्भिक अनुमान गोरखा प्रहरीले गरेको छ ।

स्रोतका अनुसार उक्त सुन स्थानीय धनकमल गुरुङले तिब्बतबाट खच्चड बोकाएर ल्याएको खुलेको छ । कासीगाउँ प्रहरी चौकीका अनुसार गएको असार ११ गते रातिदेखि हराइरहेका गोरखाको चुमनुव्री गाउँपालिकाका धनकमल गुरुङले लुकाएको अबस्थामा सुन बरामद गरिएको थियो ।

तिब्बतबाट खच्चडमा ल्याएको सुन लुटेराले लुट्न खोजेपछि गुरुङले ओढारमा लुकाएर भागेका थिए । प्रहरीले गुरुङलाई भने हिजो काठमाडौंबाट पक्राउ गरेपछि उनकै सूचनाका आधारमा प्रहरीले सुन बरामद गरेको प्रहरी चौकी कासिगाउँका प्रहरी सहायक निरीक्षक तुल्सीराम चौधरीले बताए ।

प्रहरीका अनुसार उनले सुुन आफ्नो नभई आफूले भरियाको काम मात्र गरेको प्रारम्भिक बयान दिएका छन् । सुन कस्को हो प्रहरीले केही बताएको छैन ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्