Logo
३१ भाद्र २०८१, सोमबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डेढ बर्षमा दोस्रो पटक संसदीय समितिमा पुगेका देउवा १० मिनेटमै बाहिरिए

काठमाडौं : संसद सुरु भएको डेढ बर्षमा दोश्रो पटक संसदीय समितिमा सहभागि हुन पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १० मिनेटमै बाहिरिएका छन् ।

मंगलबार विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा क्रममा समितिको बैठकमा १० मिनेट बसेर उनी बाहिरिएका हुन् । सो अवधिमा देउवाले विधेयकमाथि आफ्नो धारणा भने राखेनन् ।

सो समितिको सदस्यमा रहेका दुईजना पूर्वप्रधानमन्त्रीमध्ये एक झलनाथ खनाल हुन् भने अर्को शेरबहादुर देउवा हुन् । खनाल अधिकांश समितिको बैठकमा सहभागी हुने गरेका छन् भने शेरबहादुर देउवाले यसअघि एकपटक समितिको बैठकमा सहभागिता जनाएका थिए ।

देउवा यसअघि एउटा बैठकमा सहभागी भएको समिति सभापति कल्याणी खड्काले बताइन् । मंगलबारको समिति बैठकमा सो बिधेयकबारे छलफलका लागि विज्ञहरु काशीराज दाहाल, तारानाथ दाहाल र लक्ष्मण हुमागाईलाई बोलाइएको थियो ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्