Logo
२८ भाद्र २०८१, शुक्रबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुल्मी पहिरो अपडेटः गाउँ बगाउँदा ६ जनाको मृत्यु, २ बेपत्ता

सांकेतिक तस्बिर

गुल्मी :  प्रदेश ५ स्थित गुल्मीमा सोमबारदेखि परेको अविरल वर्षाका कारण ६ जनाको मृत्यु भएको छ । पानी परिरहेकाले उपचारमा लैजान पनि थप समस्या देखिएको छ ।

स्थानीय तिल बहादुर त्रामुको गएराति घरमा भल पसेर उनकी ३० बर्षीय तिलकुमारी त्रामू र उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु हुनुका साथै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिएका छन् ।

त्यसैगरी, यता सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा ४ जनाको शब फेला परेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए । शबको पहिचान नहुनु का साथै ती ४ घरमा कति जना थिए र अन्यको अबस्था कस्तो छ भनी केही जानकारी नरहेकोे ढकालले बताए । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उनले बताए ।

त्यस्तै, सत्यावती गाउँपालिकाकै वडा नं ३ मा बस्ने रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । उक्त पहिरोपश्चात बेपत्ता रहेका रुद्धबहादुर बिक र उनकी आमालाई परिहोले बगाएको हुन सक्ने आशंका गरिएको छ । उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।

अबिरल बर्षा भईरहेको हुनाले प्रहरीको टोली त्यस तर्फ पुग्न नसकेको र त्यसका साथै बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र आधिकारीक विवरण त्यस पश्चात आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

उद्धारका लागि प्रहरीको टोलीसंगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिएका छन् । अहिले स्थानिय घटनास्थलमा उद्दारका लागि खटिएको बुझिएको छ ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्