Logo
४ आश्विन २०८१, शुक्रबार
(July 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइको राती काम गर्ने बानी छ ? स्वास्थ्यमा पर्ने असरबाट बच्न अपनाउनुहोस् यी उपाय

अहिलेको समय भनेको दौडधूप र प्रतिस्पर्धाको समय हो । यसबेला मानिसले आफुलाई भीडसँगै उभ्याउनका लागि प्रकृतिको नियमलाई तोडेर अघि बढिरहेका छन् । त्यसैअनुरुप हाम्रो जीवनशैलीसँगै हाम्रो काम गर्ने तरिकामा पनि तिब्र गतिले परिवर्तन आइरहेको छ । दिन काम गर्नका लागि र रात शरीरलाई आराम दिने प्रकृतिको नियमविपरित अहिले मानिसले दुवै समयलाई आफु अनुकूल बनाएका छन् ।

रात्री ड्युटी दिनको तुलनामा निकै छोटो हुन्छ । त्यसकारण पनि मानिसहरु रात्री शिफ्टमा काम गर्न कुनै अप्ठ्यारो मान्दैनन् । तर स्वास्थको दृष्टिकोणले हेर्ने हो भने यो अति हानिकारक मानिन्छ ।

वासिङटन स्टेट विश्वविद्यालयको शोधल गरेको अध्ययनअनुसार रात्री सिफ्टमा काम गर्ने मानिसहरुमा मुटु सम्बन्धि बिरामी र क्यान्सरको सम्भावना बढ्ने बताइएको छ । शोधकर्ताहरुको अनुसार यसको सबैभन्दा नराम्रो असर मानिसको पाचन प्रणालीमा पर्छ ।
शरीरलाई आराम चाहिएको समयमा काम गर्नाले यसले मधुमेह र मोटोपनाको सम्भावना बढाउने बताइएको छ । रातको समयमा काम गर्नाले मस्तिष्कलाई पर्याप्त आराम पुग्दैन । यो पछि गएर मस्तिष्कघातको कारण पनि बन्न सक्छ ।

मानिसको मस्तिष्कमा केही हजार यस्ता कोशिकाहरु हुन्छन् जहाँ हाम्रो शरीरको मुख्य जैविक घडी हुन्छ । त्यस्ता जैविक घडीले मानिसलाई कहिले सुत्ने, कहिले उठ्ने, खाना पचाउनका लागि कलेजोलाई कहिले इन्जाइम उत्सर्जन गराउने जस्तो कुराहरु निर्धारण गर्छ । जैविक घडीले मुटुको धड्कनलाई पनि नियन्त्रण गर्छ । रातको समयमा काम गर्ने मानिसको हकमा यो घडीले ठीकसँग काम गर्न सक्दैन । यसको परिणामस्वरुप गम्भिर विमारीहरुको खतरा बढ्न सक्छ ।

यति हुँदाहुँदै पनि रातमा काम गर्ने अलावा कुनै विकल्प भेट्नुभएन भनेसीे यी कुराहरु ध्यानमा राख्नुहोस् :

१. दिनमा सुत्ने समयमा पर्याप्त अँध्यारो राख्नुहोस् ।

२. सुत्नका लागि शान्त स्थान खोज्नुहोस् ।

३. राती ड्युटी जान अघि एक घण्टा छोटो सुत्ने समय लिनुहोस् ।

४. राती काम गर्दा चक्लेट, जंकफुडको सट्टा सलाद वा फल सेवन गर्नुहोस् ।

५. राती काम गर्दा चिया, कफि वा चिसो पेय पदार्थ लिनबाट बच्नुहोस् ।

६. ड्युटी सकेर बिहान घर पुगेपछि खाली पेट नसुत्नुहोस् ।

७. निद्रा आएन भने मद्यपान वा औषधीको सेवन नगर्नुहोस् ।

प्रकाशित मिति: Jul 20, 2019

प्रतिक्रिया दिनुहोस्