Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केन्यामा ‘यौनदासी’ भनिएका १२ नेपाली युवतीलाई स्वदेश फर्काइए, तर उनीहरु भन्छन् ‘हामी खुसी थियौँ’

मानव तस्करको गिरोहमार्फत अफ्रिकी राष्ट्र केन्याका डान्सबारमा पुगेका १२ नेपाली युवतीलाई स्वदेश फर्काइएको छ । अन्तर्राष्ट्रिय आप्रवासी संगठन-आईओएमको सहयोगमा उनीहरुलाई नेपाल फर्काइएको उनीहरुलाई उनीहरुलाई आफन्तको जिम्मा पनि लगाइएको छ ।

नेपाल प्रहरीको मानव बेचनविखन अनुसन्धान ब्युरोले उनीहरुको परिवारलाई जिम्मा लगाएको हो । नेपालबाट ल्याइएका युवतीलाई यौनदासी बनाइएको भन्दै केन्याका सञ्चार माध्यमले समाचार प्रकाशित गरेका थिए ।

स्थानीय प्रहरीले नेपाली युवतीलाई यौनदासी बनाउने ‘मालिक’ लाई पक्राउ गरी कारबाही गरिरहेको छ ।यद्यपी, प्रारम्भिक अनुसन्धानका क्रममा उद्धार गरिएका नेपाली युवतीहरु मध्ये विभिन्न मितिमा उनीहरु भारतको बाटो हुँदै अफ्रिका गएका थिए ।

स्थानीय प्रहरीले अवैध धन्दा गर्ने डान्सबार तथा रेष्टुरेन्टविरुद्धको कारबाहीका क्रममा उक्त तथ्य फेला परेको थियो । डान्सबार तथा रेस्टुरेन्टका सन्चालकलाई पक्राउ गरेपछि त्यहाँ कार्यरत नेपाली युवतीहरुलाई केन्यास्थित गैरआवासीय राजनीतिक मिसन, नेपाली दुतावासले ल्याएर राखिएका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासी संगठनको सहयोगमा तिनै १२ जना नेपाली युवतीहरुलाई बिहीबार नेपाल फर्काइएको छ । त्रिभुवन विमानस्थलमा भने ती युवतीहरु आफूलाई नेपाल फर्काइएकोमा आक्रोशित देखिएका थिए ।

‘हामीलाई कसैसँग गुनासो छैन । हामी आफैँ केन्या पुगेका हौँ । त्यहाँ जान हाम्रो एक पैसा पनि खर्च भएको छैन । केन्यामा हामी खुसी थियौँ । तर खै, हामीलाई नेपाल किन फर्काइयो’, एक युवतीले भनिन् ।

प्रहरीले उनीहरुलाई केन्यासम्म र्पुयाउने गिरोहबारे बताउन बारम्बार अनुरोध गरे पनि उनीहरुले इन्कार गरेका छन् ।गिरोहबारे केही क्लु नआउने संकेत भएपछि प्रहरीले उनीहरुलाई आफन्तको जिम्मा लगाएको छ ।

नेपाल फर्काइएका युवतीहरु २२ देखि ३० वर्ष उमेरसम्मका रहेका छन् । फर्काइएकामध्ये ११ महिना अघि पुग्नेदेखि गएकै दिन पक्राउ पर्नेसम्म छन् ।

काम गर्ने बारमा पुगेकै दिन दुई नेपाली युवती पक्राउ परेको ब्युरोले जनाएको छ । सिन्धुपाल्चोक, धादिङ, दाङ, लमजुङलगायत जिल्ला घर भएका उनीहरु भारत हुँदै केन्या पुगेका थिए ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्