Logo
४ आश्विन २०८१, शुक्रबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौर अझै जलमग्न, गृहमन्त्री थापाले गरे बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको बुधबार बिहान हवाई निरिक्षण गरेका छन् ।

रौतहट र प्रदेश २ मा गत साता परेको अविरल वर्षापछि आएको बाढीले रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८० प्रतिशत हिस्सा डुबानमा परेको थियो ।

प्रदेश २ मा बाढीबाट ३२ जनाको मृत्यु भएको छ । डुबानबाट रौतहटमा मात्रै ज्यान गुमाउनेको संख्या १० भन्दा धेरै छ । महोत्तरीमा ६ जनाको मृत्यु भएको छ । सिरहा र धनुषामा ५(५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ ।

उक्त वर्षापछि गौर अझै जलमग्न छ । यस वर्ष बाढी पहिरो तथा डुबानका कारण मर्नेको संख्या ६५ नाघेको छ ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्