Logo
७ बैशाख २०८१, शुक्रबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक दृष्टिकोणमा शान्ति प्रक्रियाको अवस्था सम्बन्धि छलफल

सुनसरी/ सुनसरीको दुहबीमा नागरिक दृष्टिकोणमा शान्ति प्रक्रियाको अवस्था सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । सोसल साइन्स वहाँ संस्थाको आयोजना मा भएको कार्यक्रममा पुर्ब राज्य मन्त्री भगवती चौधरी, गेटिस्वर्ग कलेज अमेरिकाकी प्राध्यापक क्यालोराइन हाट्लेज, इन्सेकका क्षेत्रीय निर्देशक सोम राज थापा लगायत दुहबीका बिशिस्ट ब्याक्तित्व हरुको सह्भागिता रहेको थियो ।

कार्यक्रममा शान्ति प्रक्रिया पछि पनि किन द्वन्द ब्यब्स्थापन हुन न सकेको भन्ने समाजिक बिषय बस्तुको बारेमा छलफल गरिएको थियो । सोसल साइन्स वहाँ सामाजिक अध्यन अनुसन्धान गर्ने स्वतन्त्र संस्था हो । यो अध्यन सुनसरी को दुहबी र काभ्रेको कुशादेबिमा सम्पन्न भएको छ । लाइन्स क्लब दुहबीका अध्यक्ष रमेश बाबू थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्