Logo
१५ चैत्र २०८०, बिहीबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘गलबन्दी’ गीतको विवाद टुंगिएयो ४ बुँदे सहमतिमा, संगीत सिर्जनामा राईको नाम समावेश गरिने

काठमाडौं : ‘गलबन्दी’ गीतको विवाद प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफल सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा ४ बुँदे सहमतिमा उक्त गीतको विवाद टुंगिएको हो ।

गीतको विवादबारे बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा राई र सपुतवीच ४ बुँदे सहमति अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ ।

यस्तै, अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ ।

यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

गायक शम्भु राई र प्रकाश सपुतवीच गीतको लयका विषयमा केही समयदेखि लफडा चलिरहेको थियो ।

सहमति पत्र

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्